सडक दुर्घटना कम गर्न सवारी चालकको लाइसेन्स खारेजसम्मको कानुन बनाउनमहानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले सांसदसमक्ष माग गरेका छन्। नागरिक दैनिकमा समाचार छ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा सोमबार ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा डिआइजी अर्यालले कानुन फितलो हुँदा चालकको लापरबाहीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या डरलाग्दो रहेको तथ्यांक पेस गरेका छन्। उनले भने,‘धेरै दुर्घटना सवारी चालकको लापरबाही कारण हुने गरेको अध्यक्षले देखाएको छ।’
कसुर मापदण्ड बनाएर चालकलाई कारबाही गर्नु पर्नेमा उनले जोड दिएका छन्। ‘चालकले गरेको निश्चित नियम उल्लघंनको आधारमा कानुन बनाएर लाइसेन्स खारेज गर्नुपर्छ,’ उनले भने। तल्ती गरे पनि थोरै सजायमा उम्कने भएकाले सवारी चालक गैरजिम्मेवार बनेकाले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको छ।
![]() |
| A new Policies to reduce the the Accident in Kathmandu NEPAL. |
उनले सांसदहरुलाई कडाभन्दा कडा कानुन बनाउन आग्रह गर्दै हरेक वर्ष २ हजारदेखि २ हजार ५ सयसम्मले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे।

No comments:
Post a Comment